१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

साझा यातायातका बस चल्न थाले काठमाडौंमा



काठमाडौं । साझा यातायातले आजबाट बस सेवा सुचारु गरेको छ ।

साझाले आफ्ना २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा सुचारु गरेको हो ।

पुरानै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझा यातायातले जनाएको छ।

सरकारले तोकेको सिट अनुसार आधा यात्रु मात्र राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

पाण्डेका अनुसार बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गरिएको छ ।

यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ।

साझाले बसका कर्मचारीलाई माक्स, पञ्जा र सेनिटाइजरको व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको थियो । तर, यातायात व्यवसायीहरुले भने विभिन्न शर्त तेस्र्याउँदै सार्वजनिक यातायात संचालन गर्न आनाकानी गरिरहेका छन् ।

साझाले भने आजबाट नियमित बसेवा संचालन गर्ने योजनाअनुसार बस चलाउन थालेको हो । साझा यातायातमा सरकारको समेत लगानी रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : ३१ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली