२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

प्रधानमन्त्री ओलीको आश्वासन, – सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सामाथ्र्यले भ्याएसम्म गर्छु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताए ।

ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नु पर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने प्रतिवद्धता जनाए ।

‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ ।’

संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या राखेका हुन् ।

प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारी सहभागि थिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १२ : ०१ बजे

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

चैत ५ भित्र प्रतिनिधिसभा निर्वाचनका सबै काम सक्ने आयोगको लक्ष्य

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १४ हजार ७२९ रुपियाँ

झापा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं

जनताले मतबाट एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले मतमार्फत नेकपा