२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्यो : प्रदेश प्रमुख शेरचन

प्रदेश प्रमुखको जलपान र शुभकामना कार्यक्रममा कुर्सी खाली



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके प्रदेश माथि प्रश्न नउठ्ने बताएका छन् । संबिधान दिवसको अवसरमा प्रदेश प्रमुखको सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्ने गरेको बताए ।

प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके सरकार माथि प्रश्न नउठ्ने भएकाले देखिने गरी काम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नु पर्ने बताए । लामो संङघर्ष पछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै प्रदेश प्रमुख शेरचनले सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै हुने दाबी पनि गरे ।

प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ति, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी सहित प्रदेश सरकारका केही मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदानमा प्रदेश सभा सदस्यहरुकालागि राखिएको प्राय सबै कुर्सी खाली थिए भने बुटवलमा आमन्त्रण गरिएका धेरै संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थिएन । पहिलो पटक प्रदेश प्रमुखको शुभकामना आदान प्रदान खल्लो महसुस भएको कार्यक्रममा सहभागी एकजनाले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : २७ बजे

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा