३० पुस २०८२, बुधबार | January 14, 2026

आयरल्याण्डको भ्रमण सकेर सभामुख घिमिरे आज स्वदेश फर्कदै



काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वदेश फर्कदैछन । एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश  फर्कन लागेका हुन ।

सभामुखको सचिवालयका अनुसार आइतबार बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट सभामुख घिमिेर स्वदेश फर्कन लागेका हुन । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफनो भ्रमणका उपलब्धीका बारेमा जानकारी गराउने छन् ।

भ्रमणकाे अन्तिम दिनमा सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

सो भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने । उनले त्यहाँका सभामुख, मन्त्रीहरूलगायतसँग भेटबार्ता तथा संसदकाे अवलाेकन गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १८ बजे

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो