७ चैत्र २०८२, शनिबार | March 21, 2026

गणपति मिष्ठान्नको फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ



बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ हुने भएको छ । व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भ गर्न लागेका हुन ।

शाखाको सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । विगत लामो समय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका मेघराज पन्थको करिव डेढ करोड एक लगानीमा देवीनगरमा उक्त शाखा शुभारम्भ हुन लागेको हो ।

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको उनले जानकारी दिए । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्थले निकट भविश्यमा डेरी जन्य खाद्यान्न समेत उत्पादन गर्ने गरी फार्म र बुटवलको मिष्ठान्न भण्डारलाई जोडर अगाडी बढ्न लागेको जानकारी दिए ।

सत प्रतिशत शुद्ध नेपाली घ्यूबाट उत्पादित २१ वटा मिठाई र २३ वटा फाष्टफुडका परिकारहरु पस्किने गरी मिष्ठान्न सञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको छ ।

सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ । देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरी जन्य उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : २७ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा