४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मीमा माटोको ढिस्कोले पुर्दा किशोरको मृत्यु



गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुर्दा वर्षीय किशोरको मृत्यु भएको छ। रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने छ ।

सोही  पहिरोमा परी घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन्।

घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको