४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

मोहम्मद डे मनाउन र गणेश चतुर्थी बिसर्जनकालागि छुट्टाछुट्टै समय निर्धारण



नेपालगन्ज । मुस्लिम समुदायको मोहम्मद डे र हिन्दु समुदायको गणेश चतुर्थी विसर्जनको मुहुर्त एकैदिन परेपछि नेपालगन्जमा फरक फरक समय निर्धारण गरेर पर्व मनाउने ब्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशामसन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय भेलाले फरक फरक समय निर्धारण गरेर महोमम्मद डे र गणेश चतुर्थी विसर्जनको समय निर्धारण गरिउको हो ।

भेलाले गरेको निर्णय अनुसार बिहान ७ बजेदेखि मोहम्मद डेको ¥याली प्रदर्शन गरि मध्यान्ह १ बजे सम्म समापन गरिनेछ भने त्यसपछि गणश चतुर्थीको विसर्जन सुरु हुने छ । हिन्दु धर्मका धर्मगुरु र मुस्लिम अगुवाहरुको उपस्थितीमा भएको भेलाले शान्ति सदभाव र आपसी भाइचारा कायम राख्न समझदारीपूर्ण तरीकाले पर्व मनाउने निर्णय भएको बाँके प्रशासनले जनाएको छ ।

बिहिबार मुस्लिम समदायले ईस्लामका पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव मनाउँदै छन् भने बिहिबार नै गणेश चतुर्थीको मुर्ति तथा पुजा समाग्री बिसर्जनको दिन परेको छ ।

नेपालगन्जले फेरि एकपटक सदभावको शहरको पहिचान दिने अवसर प्राप्त गरेको मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : १३ बजे

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ