१० श्रावण २०८३, आइतबार | July 26, 2026

२०८४ को चुनावमा आफ्नो जमानत जफत गराइदिन दलहरुलाई रवि लामिछानेको चुनौती



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो दलको जमानत जफत गरेर देखाउन ठुला दलहरुलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै अध्यक्ष लामिछानेले ८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन ठुला दलहरुलाई चुनौती दिएका हुन् ।

उनले पुराना दलहरुलाई चार वर्ष मिलेर काम गर्न सहमतिय सरकार बनाउन आग्रह गर्दै आफुहरुले प्रतिपक्षको भुमिका निमाउने बताएका छन् ।

उनले दलहरुलाई राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन पनि भनेका छन्। ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४–४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्,’ उनले लेखेका छन् –‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४–४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।’

उनले देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन्।

दलहरुका लागि मिसन ८४ नभएको उल्लेख गर्दै अन्य दलहरुका लागि ८१, ८२, ८३ बाँकी रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : २३ बजे

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी