२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सरकार र राहत शिक्षकहरुबीच ५ बुँदे सहमति, सडक आन्दोलन फिर्ता



काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति भएको छ। सहमति भएसँगै राहत शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । त्यसपछि शिक्षकहरुले आन्दोलन फिर्ता छन्।
शिक्षकहरुका माग सम्बोधन गर्न शिक्षा विधेयकलाई संशोधन गर्ने लगायतका पाँच बुँदे सहमति भएको शिक्षा मन्त्री अशोक राईले बताए ।

वार्तामा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी सहभागी थिए । यसैगरी शिक्षकहरुको तर्फबाट नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

सहमतिअनुसार आन्तरिक प्रतिस्पर्धालाई शतप्रतिशत पुर्याइने भएको छ । ‘राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ, हामीले अहिलेलाई आन्दोलन फिर्ता लियौं।’ शिक्षकका प्रतिनिधि अधिकारीले बताए । उनले सहमतिबाट सरकार पछि नहट्ने विश्वास व्यक्त गरे ।

‘राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिसमेतको नामबाट काठमाडौंको माइतीघर(बानेश्वर केन्द्रित विरोधसहितका सबै किसिमका कार्यक्रम आजको मितिबाट बन्द गरी अन्त्य गर्ने र सार्वजनिक लगायत सबै किसिमका विद्यालय अध्ययन अध्यापनलाई नियमित गरी पठनपाठन सञ्चालन गर्ने पनि सहमति भएको छ,’ उनले भने।

शिक्षा विधेयकको विरोधमा असोज ३ गतेबाट आन्दोलनमा उत्रिएका शिक्षकहरुमध्ये शिक्षकहरुको यौटा समुहले यसअघि नै सरकारसँग सहमति गरी आन्दोलन फिर्ता लिएको थियो । तर ४० हजार राहत शिक्षहरुको प्रतिनिधित्व गर्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले भने सो सहमतिमा समर्थन नरहेको भन्दै आन्दोलन जारी राखेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ४४ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र