४ पुस २०८२, शुक्रबार | December 19, 2025

सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु जनतामाथिको बेइमानी र धोका : रवि लामिछाने



नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरु मिलेर सरकार बनाउन चुनौती दिएका छन् । रास्वपाको नेपालगन्ज् नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अझै पनि चार वर्षको प्रर्याप्त समय रहेको बताए ।

उनले लामो समय सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका भएको उल्लेख गर्दै मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने बताए । उनको भनाई पुराना राजनीतिक दलहरु यथास्थितिमै अघि बढ्न नसक्ने ठोकुवा गर्दै मिसन–८४ निर्वाध आफ्ना पक्षमा हुने दावी गरे ।

सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाए । ‘यो सरकारले विहान एउटा, दिउँसो एउटा र बेलुका एउटा अलोकप्रिय र नराम्रो काम गर्छ । हामीलाई सरकारको विरोध गरेनन् भन्छन्,’ सभापति लामिछानेले भने, ‘छिनछिनमा नराम्रो काम गर्ने सरकारको कति विरोध गर्नु ? यो सरकारको विरोध गर्ने हो भने त सधैं माइतीघरमा बस्नुपर्छ ।’

उनले नेपालगन्जका रिगल भनिने योगप्रसाद ढकालको आममाफीलाई संकेत गर्दै आममाफी प्रकरणलाई सरकारले गरेको नराम्रो कामसँग जोडे । ‘दिनदहाडै मान्छे मार्नेलाई छोड्ने सरकारको विषयमा के बोल्नु ?’ उनले प्रश्न गरे ।

२०७२ असार २८ गते रिगलसहितको टीमले नेपालगञ्जका चेतन मानन्धरलाई दिउँसै सडकमा खुँडा प्रहार गरेर हत्या गरेको थियो । रिगललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपनि यही असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

सरकारले भुटानी शरणार्थी काण्ड, सुनकाण्डमा अनुसन्धान गर्ने प्रहरी अधिकृत र न्यायाधीशसमेतको सरुवा गरेको विषयलाई जोड्दै लामिछानेले यो सरकारसँग जनताले केही आशा गर्नु बेकार भएको टिप्पणी गरे।

पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उनले ब्यक्तिको आदेशमा नभइ विधीको शासनमा पार्टी सञ्चालन भइरहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाई, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : १६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज