२५ माघ २०८२, आइतबार | February 8, 2026

तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद



सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ । आन्तरिक राजश्व विभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन ।

जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौं प्रहरी परिचालित छन् तर सीमाक्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भएपनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन् ।

पछिल्लो एकसातामामात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरु बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि केहि समानहरु पक्राउ गरिरहेको स्रोतको दाबी छ । सोही दवावका कारण आज मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका-१८ तारापट्टीबाट भन्सार छलि लुकाई छिपाई राखेको करिव ८० लाख बराबरको ७८ पोका कपडा बरामद गरेको छ। बरामद कपडा आजै राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ।

पछिल्लो एकसाताको अवधिमा सिरहाबाट राजस्व अनुसन्धान कार्यालय ईटहरीले १३ गते ४० लाख बराबरको कपडा, १५ गते भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १-०२-००१ ख ९२३८ नम्बरको ट्रक र ३२ लाख बराबरको कपडा नियन्त्रणमा लिएको थियो । त्यसैगरी टोलीले १४ गते आइतबार बिहान पनि सिरहा नगरपालिका-१५ बाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो। राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड भन्दा बढीको तस्करी ९भन्सार छलेर० गरि ल्याएको कपडा बरामद गरिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए ।

पछिल्लो केहि दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिरहामा सुरक्षा निकाय र प्रशासनको मिलेमत्तोमै तस्करी फस्टाएको पुष्टि भएको स्थानीय बताउँछन् । तस्करीको सामान खुल्याम रुपमा नेपाल भित्रिनुले पनि भन्सार कार्यालयका कर्मचारी, प्रहरी र प्रशासनको सेटिङ्ग मै तस्करी हुनेगरेको स्थानियहरुको तर्क छ ।

राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यताका तस्करहरु सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए । उनले भने, ‘सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले त्यहीँका तस्करहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ । हामी पनि निरन्तर रुपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौं यसमा सवैपक्षको सहयोग आवश्यक छ ।’

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : १७ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय