२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु



धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ५३ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन