१४ भदौ २०८३, आइतबार | August 30, 2026

साइबर ब्यूरोले भन्यो- ‘सामाजिक सञ्जालबाट धार्मिक/साम्प्रदायिक सद्भावमा खलल पुन्याउनेलाई कारबाही गरिन्छ’



नेपालगन्ज । नेपालगन्जमा सामाजिक सञ्जाल फेसबुक स्टाटसका कारण धार्मिक विवाद उत्पन्न भएर कर्फ्यु लगाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट सामाजिक सदभाव खलबलिने स्टाटस पोष्ट नगर्न आग्रह गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुन्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुग्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन आग्रह गरेको हो ।

ब्यूरोले प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालगन्जमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको स्टाटसमा गरिएको कमेन्टको विषयलाई लिएर धार्मिक सदभावमा खलल पुगेको छ । धार्मिक विवादलाई मत्थर गराउन भन्दै स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश अहिले पनि कायम रहेको छ । सामान्य स्टाटस कमेन्टको निहुमा ५ प्रहरी सहित २२ जना घाइते हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : २८ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका