६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल उद्योग वाणिज्य संघको चुनावी चहलपहल, अर्याल नेतृत्वको प्यानल पनि घरदैलोमा

समावेशी टिमलाई जिताएर बुटवल उवासंघमा पु¥याउने व्यवसायीको प्रतिबद्धता



बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि उम्मेदवारहरू घरदैलोमा जुटेका छन ।

हरिप्रसाद अर्याल नेतृत्वको टिम व्यवसायीहरूसँग भेटघाट गर्दै मतदाताको घर तथा व्यवसायिक प्रतिष्ठान पुगेका छन् । संघको नयाँ नेतृत्वको लागि चुनाव हुने निश्चित भएपछि प्रचार प्रसार तीब्र बनेको छ । अर्याल प्यानलले ‘समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रक्रियामा सबैको सहभागिता, नेतृत्वमा समावेशीता’ नारा अघि सारेको छ ।

व्यवसायीहरूको घरदैलोमा पुग्दा यो पटक हरिप्रसाद अर्याल नेतृत्व टिमलाई बुटवल उद्योग वाणिज्य संघमा पु¥याउने मतदाताहरूले बताएको उद्योग उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले जानकारी दिए । अर्याल नेतृत्वको प्यानल सबै हिसाबबाट समावेशी रहेकोले व्यवसायीका समस्याहरूलाई समाधान गर्न तत्पर भएर लाग्नेमा व्यवसायी आशावादी देखिएको उम्मेदवार भट्टराई जानकारी दिए । घरदैलो कार्यक्रममा बोल्दै अर्यालले र्गिदो आर्थिक अवस्थालाई चलाएमान गराउँदै पुरानै अवस्थामा आफूहरूले ल्याउन अर्यालले व्यवसायीसामु प्रतिबद्धता जनाए ।

अर्याल नेतृत्व टिमले शुक्रबार राजमार्ग चौराहादेखि, अस्पताललाईसम्मका व्यवसायीसँग भेटघाट र घरदैलो गर्दै आफूहरूलाई मत दिन आग्रह गरेका छन् । बुटवललाई लामो समयदेखि बुझेको र आगामी दिनमा पनि बुटवल उवासंघलाई गतिशील दिसामा लाग्न सक्ने अत्यन्त अनुभवी र दुरदर्शिता टीम देखिएको छ ।

अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी छन । यो टिमले ११ बुँदे प्राथमितकता र प्रतिबद्धता अघि सारेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २५ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल