७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक छ : सभामुख घिमिरे



दोलखा । सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताएका छन । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उनले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताए ।

सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा विजया दशमी तथा शुुभदिपावलीको शुुभकामना व्यक्त गरे ।

शनिबार यहाँ आएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : १५ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली