२० बैशाख २०८३, आइतबार | May 3, 2026

बडादशैँको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान



बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले हिन्दुहरुको महान चाड बडादशैँ, दिपावली, छठ तथा नेपाल सवंतको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले मुलुकको राजनीतिक आन्दोलनलाई नेतृत्व गर्ने संगठन नै युवासंघ भएको उल्लेख गरे ।

पौडेलले मुलुकलाई सही दिशालमा डोर्याउनका लागि होस वा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनहरुमा युवासंघको बलिदान र त्यागलाई भुल्न नसकिने उल्लेख गरे । युवा संघले बडादशैँ, दिपावली, छठ तथा नेपाल सवंत लगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गरी साम्प्रदायिक एकता र भावनालाई कदर गरेको बताए ।

कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य लिला गिरी, केन्द्रीय सदस्यहरु माधप्रसाद न्यौपाने, गोमा आचार्य, सावित्रादेवि अर्याल, खिमलाल भट्टराई प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय युवा संघ रुपन्देहीका उपाध्यक्ष दिपक खड्गीको स्वागत तथा सचिव दिपेश कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । शुभकामना आदानप्रदानसँगै राष्ट्रिय कलाकार बैकुण्ठ महतले विभिन्न जनवादी गीतसँगै मनोरञ्जन प्रदान गरेका थिए । सबै धर्म संस्कृतिको संरक्षण तथा आपसी सद्भाव कायम गर्नका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ रुपन्देही अध्यक्ष विकास बस्नेतले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : २७ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको