२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन ।

नेपाल प्रहरीको ६८ औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए । उनले नेपाल प्रहरीले सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो कुशलताले उत्कृष्ट काम गरेर देश–विदेशमा पनि आफ्नो व्यावसायिकतालाई कायम राख्न काम र कुशलता देखाएको बताए ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी बिचलित नभई पूरा गरेको बताए । उनले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्तिसुरक्षा कायम गर्न कर्तव्य पथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशनसमेत दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले प्रहरी स्थापनाकाल देखी हाल सम्म आईपुग्दा प्रहरी क्रर्मचारीहरुको काम कतव्य निष्ठाले संगठनलाई उचाईमा राख्न सफल भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो । उत्कृष्ट खेल प्रदर्शन गने खेलाडीहरूलाई समेत नगद सहित सम्मान गरिएको उप्त कार्यक्रममा प्रहरी निरीक्षक सोभा पाण्डे, गंगा बहादुर सारु लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ०१ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल