९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

देवी प्रतिमा सर्वसाधारणको लागि खुला



महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादशैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात् देवी अवतरित हुने जनविश्वास छ ।

देवी प्रतिमास्थल खुला गरिनअघि आज महासप्तमीका दिन एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि शुक्रबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको हो । यसरी आँखा उघ्रेपछि सर्वसाधारणलाई देवी दर्शन खुला भएको हो । यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।

षष्टी तिथिमा बेल फल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ । ‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् ।

फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । दशहारा (दशैँ) पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका-७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रकोे पाँचौँ दिनदेखि नै तान्त्रिक मेला (बोलीचालीमा भूतमेला भनिन्छ) सुरु भएको छ । अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्टआत्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउछन ।

महोत्तरीका देवी शक्तिपीठ र सोनामाई, बर्दिबास नगरपालिका-४ माईस्थानस्थित पञ्चधुरा माई, बर्दिबास-१४ हटियास्थित दुर्गामन्दिर, जलेश्वर नगरपालिका-१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका-५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकी माई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ । महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक ४० भन्दा बढी ठाउँमा नयाँ देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ ।

मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : २९ बजे

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति