१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बनारस मुण्डन : प्रधानमन्त्री ओलीविरुद्ध एक हजार रुपैयाँमा बने यी व्यक्ति “नेपाली”



एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिको भारतका विभिन्न ठाउँमा विरोध भएको छ । दुई दिनअघि भारतको बनारसमा एक नेपाली युवकले प्रधानमन्त्री ओलीविरुद्धको प्रदर्शनमा साथ दिन मुण्डन गरेको समाचार सार्वजनिक भएको थियो । तर, अनुसन्धानका क्रममा ती युवक नक्कली नेपाली बनेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध मुण्डन गरेर प्रदर्शन गर्ने व्यक्ति प्रायोजितरुपमा नेपाली बनाइएको रहस्य खुलेको छ । ती व्यक्ति बनारसकै बासिन्दा हुन् । पुलिसले ती युवकको आधार कार्ड र मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ । युवकले मुण्डनका लागि एक हजार भारतीय रुपैयाँ लिएको बताएका छन् । पुलिसले यो प्रकरणमा संलग्न ६ जनालाई गिरफ्तार गरेको छ ।

बनारसका एसएसपी अमित पाठकले मुण्डन गर्ने व्यक्ति सरकारी निवासमा बसोबास गर्ने र बाबुआमा सरकारी सेवामा रहेको बताए । १६ जुलाइमा अरुण पाठक भन्ने व्यक्तिले आफ्नो फेसबुकमा यो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा नेपालका प्रधानमन्त्री र देशलाई नै आपत्तिजनक टिप्पणी गरिएको थियो ।

एसएसपी अमित पाठकले अहिलेसम्म ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिए । सन्तोष पाण्डे, आशिष मिश्रा, राजु यादव, अमित दुवे, राजेश राजभर र जयगणेश शर्मालाई प्रहरीले पक्रेको छ । विश्व हिन्दु सेनाका अध्यक्ष एवं यो मुण्डन काण्डका मुख्य अभियुक्त अरुण पाठक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ५६ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा