३ पुस २०८२, बिहिबार | December 18, 2025

बनारस मुण्डन : प्रधानमन्त्री ओलीविरुद्ध एक हजार रुपैयाँमा बने यी व्यक्ति “नेपाली”



एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिको भारतका विभिन्न ठाउँमा विरोध भएको छ । दुई दिनअघि भारतको बनारसमा एक नेपाली युवकले प्रधानमन्त्री ओलीविरुद्धको प्रदर्शनमा साथ दिन मुण्डन गरेको समाचार सार्वजनिक भएको थियो । तर, अनुसन्धानका क्रममा ती युवक नक्कली नेपाली बनेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध मुण्डन गरेर प्रदर्शन गर्ने व्यक्ति प्रायोजितरुपमा नेपाली बनाइएको रहस्य खुलेको छ । ती व्यक्ति बनारसकै बासिन्दा हुन् । पुलिसले ती युवकको आधार कार्ड र मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ । युवकले मुण्डनका लागि एक हजार भारतीय रुपैयाँ लिएको बताएका छन् । पुलिसले यो प्रकरणमा संलग्न ६ जनालाई गिरफ्तार गरेको छ ।

बनारसका एसएसपी अमित पाठकले मुण्डन गर्ने व्यक्ति सरकारी निवासमा बसोबास गर्ने र बाबुआमा सरकारी सेवामा रहेको बताए । १६ जुलाइमा अरुण पाठक भन्ने व्यक्तिले आफ्नो फेसबुकमा यो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा नेपालका प्रधानमन्त्री र देशलाई नै आपत्तिजनक टिप्पणी गरिएको थियो ।

एसएसपी अमित पाठकले अहिलेसम्म ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिए । सन्तोष पाण्डे, आशिष मिश्रा, राजु यादव, अमित दुवे, राजेश राजभर र जयगणेश शर्मालाई प्रहरीले पक्रेको छ । विश्व हिन्दु सेनाका अध्यक्ष एवं यो मुण्डन काण्डका मुख्य अभियुक्त अरुण पाठक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ५६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका