४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाबारे राष्ट्रपति ट्रम्पको अर्को फण्डा, अमेरिकामा मृत्युदर सबैभन्दा कम भएको दाबी



कोरोना भाइरसबारे अनेकौं फण्डा बोल्दै विवाद र चर्चाको घेरामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदरबारे फेरि अर्को फण्डा जारी गरेका छन् । अमेरिकामा कोरोनाको मृत्युदर विश्वकै सबैभन्दा कम रहेको ट्रम्पले दाबी गरेका छन् ।

कोरोना भाइरसबारे आधिकारिक तथ्याङ् राख्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरो भाइरका कारण मर्नेको संख्या १ लाख ४० हजार भन्दा माथि छ । कोरोन संक्रमण र मृत्यु हुनेमा सबैभन्दा ठूलो संख्यामा पनि अमेरिका नै अगाडि छ । तर, राष्ट्रपति ट्रम्पले आफ्नो देशको मृत्युदरको तथ्यांकलाई अस्वीकार गरेका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६ लाख भन्दा बढी मृत्यु भएको छ । जबकी सबैभन्दा धेरै मृत्यु अमेरिकामै भएको छ । अमेरिकामा कोरोना मृत्युदर विश्वको सातौं स्थानमा रहेको छ ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा जोड दिएर ट्रम्पले भनेका छन् कि उनको देशमा सबैभन्दा कम मृत्युदर रहेको छ । उनले अत्याधिक परीक्षण गरिएका कारण देशमा कोरोना संक्रमण दर बढेको पनि जिकिर गरेका छन् ।

अमेरिकाका दक्षिणी राज्यमा अहिले संक्रमणको मामिला निकै बढेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको