८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ सञ्जालकाे पत्र



भैरहवा । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कुटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गरेको हो ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडानहरु थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटी लगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सञ्जालक सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ,’ ज्ञवालीले भने ।

लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताए ।

‘यस्ता धेरै पर्यटन व्यवसायी छिटै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अरबौ लगानी खेर गइरहेको छ भने अर्कोतर्फ एडिबीको करिब ४३ अर्ब लगानी जोखिममा छ,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आम नागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीले बताए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ,’ ज्ञवालीले भने ।

त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

सोमबार सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ५७ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष