६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’- माओवादी केन्द्र



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताए ।

“बुद्धका बारेमा कहीँकतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो”, प्रवक्ता सापकोटाले भने । जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग अन्तक्र्रिया गरेको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पनि महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताए । “शान्ति प्रक्रियाका धेरै विषय टुङ्गो लागेका छन् । सबै पक्षलाई विश्वासमा लिएर यसलाई निष्कर्षमा पुर्याउनका लागि महासचिवको भ्रमणले योगदान गरेको छ”, उनले भने ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल र प्रमुख विपक्षी दलका नेतासँग पनि सो विषयमा छलफल गरिरहेको बताए । “तीन दलका शीर्ष नेताबीचको छलफल निकै सकारात्मक छ”, उनले भने, “उहाँहरुका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको छ ।”

मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै प्रवक्ता सापकोटाले भने, “इतिहासको चक्का पछाडि फर्कंदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ३७ बजे

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र