१४ पुस २०८२, सोमबार | December 29, 2025

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादी केन्द्रको अपिल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ ।

सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गी सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।

गए राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गरेका हुन् । उनले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।

विपद्को यस घडीमा घाइतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उनले माग गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ३४ बजे

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

काठमाडौं । नेकपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको