७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलका नगरप्रमुख र प्रशासकिय अधिकृतबीच विवाद, बुटवल आएको २ महिना नबित्दै फर्के प्रशासकिय अधिकृत



बुटवल । बुटवल उपमहानरपालिकामा प्रमुख प्रशासकिय अधिकृत लामो समय बस्न नसक्ने पुरानो परम्परा जस्तै बनेको छ । प्रमुख प्रशासकिय अधिकृतको दिगोपन नहुँदा कतिपय योजनाहरु अलपत्र पर्ने गरेको पनि उपमहानगरकै कर्मचारीहरुले बताउने गरेका छन् ।

पछिल्लो समय सरुवा भएर आएका अधिकृत विष्णु प्रसाद भुसाल पनि आएको २ महिना नपुग्दै बुटवल नफर्कने गरि काठमाडौं फर्केको उपमहानगर स्रोतले दाबी गरेको छ । अनुदान वितरणको विषय सहित करार कर्मचारी नियुक्ति लगायतको विषयमा नगर प्रमुख खेलराज पाण्डे र प्रशासकिय अधिकृतबीच कुरा नमिलेपछि अधिकृत भुसाल कार्यालय छाडेर काठमाडौं गएको स्रोतले बतायो ।

मेयर पाण्डे र प्रशासकिय अधिकृतबीच करार कर्मचारीलाई हटाएर मेयर निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न तथा आर्थिक कार्यबिधि विपरित अनुदान वितरणको  विषयमा विवाद भएपछि प्रशासकिय अधिकृत बुटवल नफर्कने गरि काठमाडौं गएको बताइएको छ । भूकम्प पीडितलाई राहत पठाउने प्रक्रियाको विषयमा पनि दुईजनाबीच कुरा नमिलेको स्रोतको दाबी छ ।

कार्यपालिकाको बैठकबाट हुनुपर्ने निर्णयहरु मेयरले त्यस अगावै कार्यान्वयनमा ल्याउन दवाव दिएपछि दवाव खप्न नसकेर भुसाल काठमाडौं फर्केको स्रोतको दाबी छ ।

बुटवल उपमहानगरको कार्तिक २१ गते बुधबार कार्यपालिका बैठक बोलाइएको छ । बैठकको अघिल्लो दिन मँगलबार नै भुसाल काठमाडौं हिँडेका छन् ।

विवादका बिषयमा प्रशासकिय अधिकृत भुसालसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनले मोबाइल उठाएनन् भने उपमहानगर प्रमुख पाण्डेले अधिकृत काठमाडौं गएको विषयमा आफुलाई केही थाहा नभएको बताए । उनले कुनै विवाद पनि नभएको र भुसाल काठमाडौं गएको विषय आफुलाई जानकारी पनि नभएको बताए ।

भुसाल गत असोज ७ गते मात्र उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा हाजिर हुन आएका थिए । छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरु बीच विवाद रहेको पुष्टि भएको छ । यस अघिका प्रशासकिय अधिकृत पनि नगरप्रमुखसँग कुरा नमिलेपछि आफै सरुवा मागेर जाने गरेको चर्चा सेलाउन नपाउँदै राजनीतिक ध्रुव मिलाएर मेयर पाण्डे आफैले बोलाएका भनिएका भुसालको फिर्ता जाने प्रयासलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ४२ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन