२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलका मेयर पाण्डे एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै एमाले बुटवलले जनायो आपत्ति



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी रुपमा नगर सरकारलाई चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दवाव दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ती जनाएका छन् ।

“मेयर पाण्डेले संविधान र कानुन विपरित स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिदै आफ्नो व्यक्तिगत तजविजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको बेला व्यक्तिगत इगोमा कर्मचारीलाई निष्काशन गरी आफ्ना आफन्तलाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दवाव दिएको भन्दै एमालेले विज्ञप्तीमा उक्त कार्यप्रति खेद प्रकट गरिएको छ ।

बहुमतको दम्भको आडमा गरिने असंवैधानिक क्रियाकलापले सिंगो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

मंगलबार मात्र बुटवलका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल र मेयर पाण्डेबीच खटपट परेपछि प्रशासकिय अधिकृत काठमाडौ हिँडेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : २९ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका