३१ असार २०८३, बुधबार | July 15, 2026

बाढीपहिरोले देशभरका विभिन्न राजमार्गका एक सय बढी स्थानमा क्षति, ३४ ठाउँमा अझै अवरोध



काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ ।

वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ ।

सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ ।

अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : २२ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज