१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै



एजेन्सी । विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको फाइनल दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका सहरहरूमा छतारे, पाँचतारे र तीनतारेसम्मका सुविधाजनक होटल बुक भइसकेका छन् । अरू स्तरका होटलहरूमा पनि कोठाको माग अकाशिएको छ ।

आइतबार रातिको लागि शीर्ष छ तारे होटलहरूको कोठा भाडा एक लाख पुगेको छ ।समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

फाइनल खेलअघि भारतीय वायुसेनाले एयर सो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो सो खेल हुनुभन्दा करिब नौ मिनेटअघिसम्म चल्नेछ । खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ । भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौँ मानिस अहमदाबाद पुगेका छन् ।

कपिलदेवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको