२२ भदौ २०८३, सोमबार | September 8, 2026

विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै



एजेन्सी । विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको फाइनल दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका सहरहरूमा छतारे, पाँचतारे र तीनतारेसम्मका सुविधाजनक होटल बुक भइसकेका छन् । अरू स्तरका होटलहरूमा पनि कोठाको माग अकाशिएको छ ।

आइतबार रातिको लागि शीर्ष छ तारे होटलहरूको कोठा भाडा एक लाख पुगेको छ ।समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

फाइनल खेलअघि भारतीय वायुसेनाले एयर सो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो सो खेल हुनुभन्दा करिब नौ मिनेटअघिसम्म चल्नेछ । खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ । भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौँ मानिस अहमदाबाद पुगेका छन् ।

कपिलदेवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार