२७ भदौ २०८३, शनिबार | September 12, 2026

माइतीघरमा निषेधआज्ञा लागेपछि महेश बस्नेतले तिनकुनेमा कार्यक्रम गर्ने



काठमाडौं । माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन्।

नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विषेश कार्यक्रम तीनकुनेमा गरिने उनले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

नेकपा एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ।

प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : १६ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई