२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कालीगण्डकीको बगरको सतह बढ्यो



म्याग्दी । मुुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका-२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए ।

“सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो,” उनले भने, “अरु ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा बगरको सतह बढेर बस्तीमै पुुग्न थालेको छ ।”

सो वडाका अध्यक्ष थकालीका अनुुसार कालीगण्डकी नदीमा थुप्रिएको बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुुल, झोलुङ्गे पुुल, भवन, स्याउ बगैँचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् । बर्सेनी भौतिक संरचनामा ठूलो क्षति भएको स्याङका बासिन्दा ङुुटुुक गुुरुङले बताए । “नदि नियन्त्रण गर्न पक्की र ग्याबियन पर्खाल निर्माण भए पनि बगरको सतह बढेर बस्तीमै आउन थालेको छ”, उनले भने, “नदी नियन्त्रण र बगर व्यवस्थापनको प्रभावकारी कदम नचाल्ने हो भने मुुस्ताङको तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्न धेरै वर्ष पर्खनुुपर्दैन ।”

छुुसाङ, कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, टुुकुुचे, खन्ति, कोवाङ, लार्जुुङ र लेतेका तटीय बस्ती बगरको सतहसँगै बाढीको जोखिममा परेका हुन् । वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङले केही वर्षयता मुुस्ताङमा वर्षा हुुने क्रम बढेसँगै सहायक खोलामा आउने बाढीले बगाएर ल्याउने गेग्रर बगरमा थुप्रिँदा समस्या भएको बताए ।

“सर्वोच्च अदालतको आदेश र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजनाको नीतिगत समस्याका कारण स्थानीय तहले कालीगण्डकी नदीको बगर उत्खनन् गर्न पाएका छैनौँ”, उनले भने “कालीगण्डकीको बगरको व्यवस्थापन र बाढी नियन्त्रणका लागि राज्यले विशेष किसिमले सम्बोधन गर्नुपर्छ ।” गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो ।

जोमसोम केन्द्रमा वार्षिक औसत २९२ दशमलव सात मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिदा बाढी आउने गरेको छ ।

“खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुदैन् । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ”, उनले भने, “सडक, पुल र भवन जस्ता भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढीपहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।” खोलामा गेग्रान थुप्रिँदै जाने र व्यवस्थापन नगर्दा बस्ती भन्दामाथि बगर हुन थालेको हो । केही दिनअघि मुुस्ताङ भ्रमण गर्नुुभएका गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले मुुस्ताङमा कालीगण्डकीको बगर व्यवस्थापन र बाढी नियन्त्रणका लागि विशेष नीतिगत पहल गर्नुुपर्ने देखिएको बताएका थिए ।

“समुुदाय र जनप्रतिनिधि तहबाट बगर बस्तीमाथि आउन थालेको विषय गम्भीर रुपमा उठेको छ”, उनले भने, “प्रधानमन्त्री, मुख्यमन्त्री तहमा पनि यो विषयले ध्यानाकर्षण भएकाले समस्याको सम्बोधन हुुनेमा आशावादी छौँ ।” मनाङ र मुुस्ताङमा सडक र मोटरेबल पुुल बनाउँदा बाढी तथा नदीको सतहलाई पनि ध्यान दिएर डिजाइन गर्न थालिएको मन्त्री जुुग्जालीको भनाइ छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ४३ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली