२ पुस २०८२, बुधबार | December 17, 2025

एनएसएल फुटबल प्रतियोगिता : स्पोर्टिङ्ग इलाममाथि काठमाडौं रेजर्स १-० गोलले विजयी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टिङ्ग इलाम एफसी डे मेचीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौंको जितमा खेलको ५२ औं मिनेटमा राजीव लोप्चनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि काठमाडौं रेजर्सले ३ अंक हासिल गरेको छ । गत संस्करणमा सहभागी ७ टोली मध्य विराटनगर सिटी एफसी बाहेकका ६ र ३ नयाँ टोली गरि ९ टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा जनाएका छन् ।

पहिलो संस्करण समेत खेलेका काठमाडौं रेजर्स, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, धनगढी एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसी सहित तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ्ग इलाम एफसी डे मेची र विरगन्ज युनाइटेड एफसी यस संस्करणमा खेल्दै छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ०६ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा