१ पुस २०८२, मंगलबार | December 17, 2025

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी



काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो ।

धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका थिए । हिजाजीले खेलको ९०औँ मिनेटमा गोल गर्दै धनगढीको जित सुनिश्चित गरेका थिए । यसअघि फोफानाले खेलको दोस्रो मिनेटमै गोल गरेर धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै वीरगन्जले खेलको पहिलो हाफको अन्त्यमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेको थियो । वीरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए ।

यो जितसँगै धनगढीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब एनएसएल अन्तर्गत सोमबार झापा एफसी र स्पोर्टिंग इलामबीच साँझ साढे ५ बजेदेखि हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : १४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष