१६ असार २०८३, मंगलबार | June 30, 2026

बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा १९ वर्षीय विद्यार्थीको मृत्यु



गुल्मी । गुल्मीमा बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । याुत्रबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको हो ।

मृत्युहुनेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज बिहान आफु अध्ययनरत सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले तम्घारबाट जाँदै गरेका लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई े रेसुङ्गा–४ अर्खलेमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

प्रहरीका अनुसार तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर जाँदै थिए। दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : २१ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी