३१ भदौ २०८३, बुधबार | September 17, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ ।

बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा गरिएको खुल्ला वृहत रक्तदानमा विद्यार्थी, स्थानीय लगायत ५० जनाले रक्तदान गरेका थिए ।

सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानिवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए ।

उनले तीन महिनामा आफै खेरा जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ५७ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै