३० बैशाख २०८१, आइतबार | May 12, 2024

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ ।

बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा गरिएको खुल्ला वृहत रक्तदानमा विद्यार्थी, स्थानीय लगायत ५० जनाले रक्तदान गरेका थिए ।

सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानिवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए ।

उनले तीन महिनामा आफै खेरा जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ५७ बजे

शेखर कोइराला र गगन थापाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले

बालेन भन्छन्- गिरीबन्धु टि-इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया