१० श्रावण २०८३, आइतबार | July 27, 2026

जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन वैशाखमा



काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ ।

दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ घोषणा गरेको हो ।

सो पार्टीका अध्यक्ष राउतका अनुसार हालै बसेको पार्टी सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ।

वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ ।

साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ५६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले