४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन वैशाखमा



काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ ।

दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ घोषणा गरेको हो ।

सो पार्टीका अध्यक्ष राउतका अनुसार हालै बसेको पार्टी सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ।

वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ ।

साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको