१८ असार २०८३, बिहिबार | July 2, 2026

नेपाल सुपर लिग : स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित हुँदा दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा धनगढी एफसीसँग १-० ले र दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश