२१ भदौ २०८३, आइतबार | September 6, 2026

माओवादी नेता प्रभाकरले गरे केपी ओलीलाई जाजरकोटमा स्वागत



जाजरकोट । बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा जाजरकोट पुगेका एमाले अध्यक्ष ओलीलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्वअर्थमन्त्री नेता जर्नादन शर्मा (प्रभाकर) ले स्वागत गरेका छन् । माओवादी उपमहासचिव शर्माले एमाले अध्यक्ष ओलीलाई जाजरकोट जिल्लाको रिम्नामा स्वागत गरेका हुन् ।

पुर्वअर्थमन्त्री समेत रहेका माओवादी नेता शर्मा रुकुमबाट रिम्ना पुगेर ओलीलाई स्वागत गरेका हुन् । स्वागतका क्रममा उनले ओली नेतृत्वको केन्द्रीय नेताहरुको टोलील आफ्नो क्षेत्रमा पुगेपछि उनीहरुलाई स्वागत गर्न आफू आएको बताए ।

देशको शिर्षस्थ नेतृत्व जिल्लामा आएको बेला आफु हार्दिकताका साथ स्वागत गर्न आएको शर्माले बताए । ‘देशको ठूलो पार्टीका केन्द्रीय हेडक्वाटर नैं यहाँ पुग्नु भएपछि म साथीहरुसहित स्वागत गर्न आएको हुँ ।’ उनले भने ।

उनी एमाले अध्यक्ष ओलीको टोलीलाई स्वागत गर्न एमाले कार्यकताहरुसँगै लामबद्ध भएर उभिएका थिए ।

भूकम्प गएदेखि नै ध्वस्त भएको संरचनाको पुनः निर्माण तथा उद्दार कार्यका लागि नेता शर्मा माओवादीको ठेलो संख्याको उद्दार कार्यकर्ताहरु सहित जाजरकोट र रुकुममा खटिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ३३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त