५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

माघ २१ र २२ गते बुटवलमा ईही र क्येटा पुजा



बुटवल । हरेक वर्ष झैं यस वर्षपनि बुटवलमा नेवाः किशोरीहरुको ईही (बेलबिबाह) र बटुकहरुको क्येटा पुजा (ब्रतबन्ध) हुने भएको छ । श्री नेवाः सेवा समिति बुटवलको आयोजनामा आगामी माघ २० र २१ गते नेवारी रीतिरिवाज अनुसार नेवाः पुरोहितबाट ईही तथा क्येटा पुजा हुने भएको हो ।

समितिको १४ औ संस्करणकारुपमा आयोजना गरिने पुजा कार्यका लागि बिभिन्न समितिहरु गठन गरिएको नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए । ईहीका लागि भगवती श्रेष्ठ र क्येटा पुजाका लागि लक्ष्मण श्रेष्ठलाई संयोजक तोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

बुटवलको भूपु सैनीक देबीनगरको सभाकक्षमा आयोजना हुने पुजामा आ-आफ्ना बालबालिकालाई सहभागी बनाइदिन समितिले आग्रह गरेको छ । समितिले हरेक वर्ष आयोजना गर्ने पुजामा बुटवल लगायत यस आसपासका गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाबाट नेवाः किशोर किशोरीहरु पुजामा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : १५ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया