२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रञ्जन कोइराला रिहा गर्ने सर्वोच्च अदालतको फैसला विरूद्ध सरकारबाट पुनरावलोकन मुद्दा दर्ता




काठमाडौं । पत्नीको विभत्स हत्या गरेको अभियोगमा मुद्दा फैसला भै  जेलमा रहेका पूर्व डीआईजी रञ्जन कोइरालालाई रिहा गर्ने  सर्वोच्च अदालतको फैसला विरूद्ध सरकार पुनरावेदनमा गएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको फैसला पुनरावलोकन माग गर्दै सर्वोच्चमै निवेदन दर्ता गरेको छ ।

पुनरावलोकन निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए ।

समान मुद्दामा सर्वोच्च अदालतकै पूर्व नजिर विपरित फैसला भएको महान्यायाधिवक्ता कार्यालयको ठहर छ ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालालाई सर्वोच्च अदालतले असार १५ गते जेलबाट रिहा गर्न फैसला गरेको थियो । सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि कोइराला जेलमुक्त भैसकेका छन् ।

उनी साढे ८ वर्षदेखि डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका थिए । कारागार प्रशासनले कोइरालालाई सर्वोच्चको फैसलाबमोजिम बिहीबार जेलमुक्त गरेको थियो ।

उनी जेलमुक्त भएकै दिन सरकारले सर्वोच्च अदालतमै पुनरावलोकन मुद्दा  दर्ता गरेको हो ।

२०६८ सालमा श्रीमती गीता ढकाललाई टुक्रा पारेर हत्या गरेका कोइरालाले शवलाई बोरामा हालेर मकवानपुरको पालुङमा पुर्याई जलाएका थिए ।

अर्कै महिलासँग अनैतिक सम्बन्ध गाँसेपछि कोइरालाले श्रीमतीको विभत्स हत्या गरेका थिए

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : २३ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो