४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराएका छन् ।

उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा अरुण मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उनको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको