९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाँके र बर्दियाका उद्योगी व्यवसायीले गरे उद्योग ब्यवसाय बन्द गरेर तालाचाबी बुझाउने घोषणा



नेपालगन्ज । बैंक तथा बित्तीय संथहरुले ज्यादती गरेको भन्दै बाँके र बर्दियाका उद्योगी ब्यवसायीले गठन गरेको ब्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पहिलो चरणको आन्दोलका कार्यक्रम घोषणा गरेको छ । नेपालगन्ज उद्योग बाणीज्य संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिले घोषणा गरेको कार्यक्रममा कोणसभा, आमसभा, बिरोधसभा, टकशो देखि उद्योग ब्यवसायको तालाचाबी बुझाउने सम्मका रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक एवं नेपालगन्ज उद्योग बाणीज्य संघका अध्यक्ष टंकप्रसाद धामीले सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तिय संस्थाको मनोमानी एवम् खुल्ला सिमानाको असरबाट उद्योगी, व्यवसायीले भोग्नु परेका समस्याहरुको समाधानका लागि चरणवद्ध संघर्षका कार्यक्रमहरु सर्वजानिक गर्न बाध्य हुनु परेको बताए ।

आन्दोलाको कार्यक्रममा मंसिर २९ गते जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा आमसभा तथा अन्दोलनको तयारीका लागि भेटघाट तथा छलफल गर्ने, पौष ५ गते बाँके जिल्लाको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंकहरुसँग सरोकारवाला संघ,संस्था र व्यवसायीहरु बीच व्यवसाय तथा व्यवसायिक उत्थानका लागि अन्तरसम्बाद कार्यक्रम गर्ने तथा पौष ७ गते नेपालगन्ज नेपाल राष्ट्र बैंक अगाडी, धम्बोझी चोकमा व्यवसायिक आमसभा तथा पूर्व कोहलपुर, बाँसगढी र गुलरियामा व्यवसायिक कोणसभा गर्ने, रहेका छन् ।

उल्लेखित कार्यक्रमहरु गर्दा पनि नेपाल सरकार तथा सरोकारवाला निकायले ब्यवसायीको मागहरुलाई तत्कालै सम्बोधन नगरेको अवस्थामा उद्योगी, व्यवसायीका आ–आप्mनो उद्योग, प्रतिष्ठानहरुमा ताला लगाई सरोकारवाला निकायलाई चाबी बुझाई कठोर अन्दोलनका कार्यक्रमहरु गर्ने संयोजक धामीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ४८ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल