९ चैत्र २०८२, सोमबार | March 23, 2026

बैंक तथा बित्तीय संस्थाको मनपरि विरुद्ध बोल्यो बुटवल उद्योग वाणिज्य संघ

लिलामी तत्काल रोकी कर्जा पुनर्तालिकिकरण गर्न माग



बुटवल । बुटवल उद्योग वाणिज्य संघले बैंक तथा बित्तीय संस्थाहरुले आफुखुसी बढाएको ब्याजदर घटाएर लगानीको वातावरण बनाउन माग गरेको छ । संघले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि चर्को ब्याजका कारण लगानी हुन नसकेको ठहर गर्दै ब्याज घटाउन माग गरेको हो ।

संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा डेलिगेसन गई ऋणको व्याजदर घटाउन तथा ब्यवसायीको घरजग्गा लिलामी रोक्न माग गरेको छ । संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीमार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाउँदै व्यवसायीहरुले ऋणको व्याज तथा सावां भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुर्नतालिकिकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउन पनि आग्रह गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै बित्तिय संस्थाहरुले बैंकिङ्ग प्रणालीमा लगानी योग्य स्रोत प्रयाप्त हुदां पनि कर्जा बिस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु, खराब कर्जाको मात्रामा उल्लेख्य रुपमा बृद्धि हुनुले पनि समस्या बिद्यमान रहीरहेको देखिएको बताए ।

व्यवसाय धराशायी भएको सन्र्दभमा व्यवसायीहरुले ऋणको व्याज तथा सावां भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुर्नतालिकिकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउन ज्ञापनपत्रमा आग्रह गरिएको छ । व्यवसायिक ऋण भुक्तानीमा समस्याका कारण देखाउदै गरिने धितो लिलाममा व्याज भुक्तान भएका सम्पुर्ण लिलामी रोक्का गरी ऋण पुनर्तालिकिकरण गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र नेपाल उद्योग बाणिज्य महासंघलाई बोधार्थ दिईएको ज्ञापन पत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सुलभ तथा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, रोजगारी तथा अर्थव्यवस्थाको मुख्य क्षेत्रको रुपमा पर्यटन रहेको र त्यसको बिस्तार र बिकास हुन सके थप रोजगार तथा स्वरोजगारको अवसर प्रदान गर्न सक्ने भएकाले विदेशी पर्यटक भ्रमणमा आउन ल्याउन पाउने रकमको सिमा बढाउन पनि आग्रह गरिएको छ ।

ओभरड्राफट् ऋणमा केही समय देखी लागु गरिएको व्यवस्थाको सट्टा पुर्ववत स्विकृत ओभरड्राफट् ऋणको सीमा भित्र पटकपटक आवश्यकता अनुसार निकाल्न र भुक्तानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै निर्देशक सुवेदीले प्राप्त भएको ज्ञापन पत्र यथाशक्य चाडो नेपाल राष्ट्र बैंकमा पुर्याउने र सुधारको लागि आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : २३ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल