२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

भोली कोरा २०२० हुदै



बुटवल । साईकल मार्फत पर्यटन पर्वदनको उदेश्यका साथ रुपन्देही जिल्ला साईक्लिङ संघको आय‍ोजनामा शनिबार कोरा २०२० हुने भएको छ ।

बुटवल उपमहानगरपालिका, रोटरी क्लब अफ बुटवल, भिमेश्वर एण्ड सगुन ग्रुप, लायन्स क्लब अफ युथ, बाईक स्टेसन ट्रेयाक, बुद्ध साईकल, सुरक्षित यात्रा नेपालको सहयोगमा कोरा २०२० साईक्लिङ च्यालेन्जको तयारी पुरा भएक‍ो शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।

संघका अध्यक्ष पुकार थापाले खेलकुद र पर्यटनमार्फत आर्थिक समृद्धिको लक्ष्य सहित साईक्लिङ गतिविधि महत्वपुर्ण हुने बताए । काठमाण्डौ बाहिर बुटवलमा तेस्रो संस्करणमा आईपुग्दा धेरै ब्यवस्थित हुँदै गएको उनले बताए । कार्यक्रम संयोजक अभिषेक भारीले कोरा पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार परिक्रममा गरिने बताए ।

बुटवल हाटबजारस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय हाताबाट अौपचारिक उद्घाटन हुने उनले बताए । हाटबजारबाट गोलपार्क, महेन्द्र पार्क, चादबारी, शिवनगर, चरङे, भलुहि, शितलनगर, पाकरी वृक्ष, भवानीपुर, मणिग्राम, मंगलापुर, कुन्जपार्क हुँदै पुनः हाटबजारमा पुगेर समापन गरिने उनले बताए ।

नगर खेलकुद विकास समितिका सदस्य अशोक गुरुङले खेलकुदको विकासका लागि नगरस्तरमा लागेको बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धिरन तुलाधर, सहसचिव गगन रानाले सबैको साथ सहयोगमा हरेक वर्ष कार्यक्रम निरन्तरता दिएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ५४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात