७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला सुरु



बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुने भएको छ । पुस १८ गतेसम्म संचालन हुने व्यापार मेलाको उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले गर्ने आयोजक रुपन्देही व्यापार संघले जनाएको छ ।

आजदेखी संचालन हुने एक्स्पोमा ६ सय स्टल बुक भइसकेको रुपन्देही व्यापार संघले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा होटल तथा रेष्टुरेन्टका-२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका-१४१, अन्तर्राष्ट्रिय-१०, कृषि-४३, ब्याग/जुत्ताचप्पल-६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी-७८, श्रृंगार, उपहार तथा खेलौना-५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान-५३, बैंकरवित्तीय संस्था एवं शैक्षिक संस्था-१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस-६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स-१६, आइसक्रिम तथा वेकरीज-१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस-८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल बुक भइसकेका छन् ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको मेला मूल आयोजक समितिका संयोजक एवं रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने उनले बताए । कृषि उत्पादनका प्रयोगात्मक प्रबिधिहरु एक्स्पोमा रहने जनाउँदै उनले कृषिमा उद्यमशीलता सिक्न चाहने दर्शकले अवसरको उपयोग गर्न सक्ने पनि बताए ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको अवस्थामा मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण योगदान गर्ने आयोजकको दाबी छ ।

एक्स्पोको उद्घाटनको पूर्व शन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट विभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने झाँकी सहित जनचेतनामूलक र्याली गरिने मेलाका प्रचार संयोजक फर्सुराम पन्तले बताए ।

एक्स्पोमा सांस्कृतिक तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हने तथा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराईने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ०० बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८