१४ पुस २०८२, सोमबार | December 30, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि आज बस्न लागेको हो ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

पदाधिकारी बैठक मंगलबारबाट शुरु भएको हो । मंगलबार अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

उनले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा पेश गरेका थिए । बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ३४ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते