२९ भदौ २०८३, सोमबार | September 14, 2026

न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने



बुटवल । न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने भएको छ । देशकै प्रतिष्ठित विद्यालय न्यू होराइजन ईग्लिस बोर्डीङ्ग स्कुल बुटवलको संरक्षकत्वमा रहेको स्पोट्स क्लबको आयोजनामा यहि पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र (पुरुष) भलिबल प्रतियोगिता हुने भएको हो ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भलिबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । न्यू होराईजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले गत वर्ष छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको होराईजनले यो पटक छात्र भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागीता रहने जानकारी दिए ।

न्यू होराइजन स्पोष्ट्स क्लवका अध्यक्ष प्रकाश खनालले प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार नगद पुरस्कार पाउने जानकारी दिए । उनले द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तव्ना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।

बुटवलको कालिका नगर होराईजन चोकमा रहेको न्यू होराइजन ईग्लिस बोडिङ्ग स्कुलमा पुस ८ गते विहान ८ बजेबाट प्रतियोगिता सुरु हुने छन् । ८, ९, १० गते गरी तीन दिन सम्म सञ्चालन हुने यो प्रतियोगीतामा सहभागी सबै कक्षा १२ सम्मका खेलाडीहरुको लागि दुर्घटना बिमा समेत गरिएको छ ।

कार्यक्रम संयोजक कपिल आचार्यका अनुसार अहिले सम्म १४ वटा टिमको सहभागीता भैसकेको प्रतियोगितामा रुपन्देही जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयको सहभागीता हुने भएको छ । गत वर्ष आयोजना गरिएको जिल्लास्तरिय महिला(छात्रा) भलिवल प्रतियोगितामा एभरेष्ट ईग्लिस बोडिङ्ग स्कुल प्रथम, द्धितियमा कुवरवर्ती स्कुल र तृतियमा आयोजक विद्यालय संस्था न्यू होराइजन ईग्लीस बोर्डीङ्ग स्कुल भएको थियो । न्यु होराईजन स्पोष्ट्स क्लवले एक वर्ष विराएर छात्रा भलिबल, छात्र भलिबल प्रतियोगिता आयोजना गर्दैै आएको छ । यो पटक छात्र भलिबल प्रतियोगिता र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : २४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ