१८ असार २०८३, बिहिबार | July 2, 2026

अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी न्यू होराइजन मावीलाई



न्यू होराइजन स्पोर्ट्स क्लबले आयोजना गरेको न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी न्यू होराइजनले हात पारेको छ । ८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द मावि पराजित गर्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द माविलाई ३-०को सेटमा पराजित गरेको थियो । सो खेलमा होराइजन माविले २५-१५, २५-२१, २५-२१ को सोझो सेटमा पराजित पराजित गरेको थियो । उपाधी संगै होराइजन माविले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको मणिमुकुन्द मावीले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्तै प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा कालिका मानवज्ञान मावीले एभरेस्ट माविलार्इ पराजित गर्दै तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कालिकाले एभरेस्ट माविलाइ ३-१ को सेटमा पराजित गरेको थियो । पराजित भएसगै एभरेस्ट मावीले सान्त्वनामा चित्त बुझाउनुपर्यो । कालिकाले एभरेस्टललाइ २५-२०, २१-२५, २५-१६ र २५-१५ सेटमा पराजित गरेको थियो । सान्त्वना भएको एभरेष्ट मावीले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिगोगिताको विघागत पुरस्कार तर्फ बेस्ट डिफेन्स मणिमुकुन्द माविका राज खवास भएका छन । त्यस्तै बेस्ट ब्लकर्स मणिमुकुन्द माविका जुनिल दर्जी, बेस्ट सर्भर न्यू होराइजन माविका लेस्मन राहादी, बेस्ट सेटर न्यू होराइजन माविका जीवन घर्तीमगर, बेस्ट स्पाइकर कालिका माविका सुशील खडका, राइजिङ प्लेयर्स सैनामैना माविका अंकित सिन्जाली, बेस्ट कोच न्यू होराइजन माविका उदय बम मल्ल र बेस्ट प्लेयर्स न्यू होराइजन माविका सुर्य बिक भएका छन । बेस्ट प्लेयर्सलाई दुई हजार नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश खेलकुद परिषद्का सदस्य सचीव जय प्रकाश भट्टराइ खेलकुदलाई अनिवार्य शिक्षाको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले अहिले पनि विद्यालयहरुले खेलकुदलाई अतिरिक्त क्रियाकलपाको रुपमा राखेको भन्दै यसलाई अनिवार्य शिक्षाको रुपमा विकास गर्न आवश्यक भएको समेत बताएका थिए ।

उनले भने- ‘शिक्षा अतिरिक्त क्रियाकलपा होईन, यो अनिवार्य हुनुपर्दछ ।’ होराईजन माविले देशमै शिक्षामा अग्रणी भुमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि शिक्षासंगै खेलकुदका गतिविधीमा समेत न्यू होराईजनले विशेष भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा न्यू होराइजन स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश खनाल, निवर्तमान जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, नगर खेलकुद विकाश समिती बुटवलका अध्यक्ष बोनिन पिया, न्यू होराईजन संस्थाका प्राचार्य तथा न्यू होराइजन स्पोर्ट्स क्लबका संरक्षक लोकनाथ उपाध्याय, सहप्राचार्य बालकृष्ण भण्डारी विद्यालय व्यवस्थापन समितीका सदस्य तथा पाल्पा न्यू होराइजन विद्यालयका अध्यक्ष निर्मल प्रसाद लाकौलको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक कपिल आचार्यले स्वागत मन्तव्य राखेका थिए भने होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले कार्यक्रम संचालन गरेका थिए ।

 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४१ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक