२० मंसिर २०८२, शनिबार | December 6, 2025

इच्छाकामनामा सुन्तला महोत्सव सुरु



चितवन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे । उनले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताए। नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताए । उनले भने, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।”

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफै टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा बजारीकरणमा सहयोग पुर्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ०३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय