२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरको माग



बुटवल । नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले संघ सरकारलाई अनुरोध गरेको छ ।

बुटवलको जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे । उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए ।

‘यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’-प्रमुख पाण्डेयले भने ।

उनले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५९ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन