१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सिटहरुको बाँडफाँटबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका दलहरु आज (आइतबार) पनि छलफल गर्दैछन् ।

यसअघि शनिबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा दलहरुले राष्ट्रियसभा सिट आ-आफ्नो दाबी गरेका थिए । शनिबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेका थिए ।

यद्यपि, शनिबार राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन् ।

माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । आज बिहान माधव नेपाललाई राखेर सहमति गर्ने एक नेताले बताए ।

माघ ११ गते निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिट, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने भन्ने मोटामोटी सहमित भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत १ जनासहित २० जनाको पदावधि सकिँदै छ । पदावधि सकिनेमा एमालेबाट सबैभन्दा बढी ८ जना, कांग्रेसबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना, एकीकृत समाजवादीबाट २ जना, जनता समाजवादी पार्टी ९जसपा० बाट १ जना, स्वतन्त्र १ जना, मनोनित (एमाले) १ जनाको पद रिक्त हुँदैछ ।

माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको मनोनयपत्र सोमबार दर्ता हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ५४ बजे

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’