१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमालेले टुंगो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेद्‌वार, कुन प्रदेशबाट को ? (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारको नाम तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुंगो लागेको जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) तय भएको छ ।

यस्तैगरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ) तय भएको छ ।

यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहेका छन । राष्ट्रियसभा निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : १५ बजे

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’